सुनाखरी न्युज / काठमाडौं – कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । लडेपछि उनलाई तत्काल अस्पताल पुर्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।
आमाले मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए पनि उनको दिमागले प्रतिक्रिया नदिइरहेको बताइन् । विभिन्न प्रयास विफल भएपछि अन्ततः उनलाई मृत घोषित गरिएको हो । उनको परिवारले अभिनेत्री छोरीको अंगदान गर्ने निर्णय गरेको छ ।
सन् २०१८ मा अभिनेत्री पार्क सू यूनले आईएल टिनोरबाट आफ्नो डेब्यु गरेकी थिइन् । त्यसपछि उनले फाइन्डिङ मिस्टर डेस्टनी, द डेज वी लभ्ड, सिद्धार्थसँग अन्य म्युजिकलमा देखियो । कोरियन शो ‘स्नोड्रप’ मा उनले काम गरेकी थिइन् । यही शोले उनलाई पहिचान दिलायो । आफ्नो भूमिकाबारे कुरा गर्दै अभिनेत्रीले सोसल मिडियामा केही तस्बिर सेयर गरेकी थिइन् ।
अभिनेत्री पार्क सू यूनको पार्थिव शरीरलाई जियोङ्गी प्रोभिन्सियल मेडिकल सेन्टरको सुवोन अस्पतालमा राखिएको छ । एजेन्सी