२०८३ श्रावण १९ , मंगलबार

बसपार्क बाहिरका टिकट काउन्टर हटाउदै महानगर

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौंबाट बाहिर जाने र आउने सवारीसाधन सिधै बसपार्कमा मात्रै रोक्नुपर्ने तयारी महानगरले गरिरहेको छ। उपत्यकामा बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि लामा तथा मध्यम दूरीका सवारीसाधनले अव बसपार्कमा मात्रै यात्रु चढाउन र ओराल्न पाउनेछन्।

 

काठमाडौं महानगरले शुक्रबार सूचना जारी गर्दै आगामी असार १ गतेदेखि गोंगबु बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउनका लागि निर्देशन दिएको छ। यसका साथै नयाँ बसपार्कबाट मात्रै यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न सूचना जारी गरेको छ। धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका लामो दूरीका सवारीसाधनले कलंकीदेखि जडिबुटीसम्म सवारीसाधन रोक्न पाउने छैनन्।

 

काठमाडौंबाट बाहिर जाने यात्रुले टिकट लिनका लागि बसपार्क पुग्नु पर्नेछ। वा अनलाइन टिकट गर्न सक्नेछन्। गाडी चढ्नका लागि पनि बसपार्क नै पुग्नु पर्नेछ। बाहिरबाट काठमाडौं आउने यात्रुले पनि बसपार्कमा नै ओर्लनु पर्नेछ ।