२०८१ बैशाख २१ , शुक्रवार

भुमहिमा फ्री वाईफाई सेवा

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ भुमही चोकमा फ्री वाईफाई सेवा सुचारु भएको छ। लियो क्लब अफ रामनगर को आयोजना र स्माट लिन्क नेटवर्क प्राइभेट लिमिटेटको सहजिकरणमा फिरि वाईफाई सेवा सुचारु गरिएको हो ।

No description available.

फिरि वाईफाई सेवा विशेष गरी लामो दुरीदेखी यात्रा गरी आउने यात्रुहरुमा पर्न गएको आपतकालिन समस्या लाई लक्षित गरेर यो कार्यक्रम गरिएको, कहिले काँही बिशेष गरी रातीको समयमा यात्रुहरुलाई रिचार्ज को आवश्यकता पर्न जाने, र आवश्यक परेको बेला डाटा नहुने अवस्थामा १ घन्टा जति फ्रि वाईफाई को सेवा सुबिधा मार्फत सेवा लिन सक्नेछन् । रातिको समयमा पसलहरु पनि बन्द हुने भएको अवस्थामा स्थानीय ले पनि यसको सहि सदुपयोग गर्न सक्नेछन तर फ्रि वाईफाई सुविधा मा Online Game & Tiktok नचल्ने गरी व्यवस्था गरिएको छ। यसबाट ट्राफिक जाम नहुने गरी यसलाई व्यवस्थापन गरिएको लियो क्लब अफ रामनगरका सचिव SK PRAJAPATI ले बताउनुभयो।

No description available.

लियो क्लब अफ रामनगर ले आफ्नो स्थापना कालदेखि नै स्थानीय जनसमुदायको हित हुने काम गर्दै आईरहेको छ ।फिरि वाईफाई संरक्षण गर्न सुनवल वार्ड नं १२, र Smart Link Network Pvt ltd लाई समेत जिम्मेवारी दिएको सचिव PRAJAPATI बताउनु भयो । क्लबका अध्यक्ष लियो रुपेश गौतमको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अफ रामनगरका अध्यक्ष लायन्स बलराम चापागाईं ,विशिष्ट अतिथि रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसालको रहेको थियो भने लायन्स पुर्व अध्यक्ष भवानी ढकाल, गंगाधर पाण्डेय, कृष्ण पान्डेय,यमन भण्डारी लगायत सुरक्षाकर्मी स्थानिय समाजसेवीको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन क्लबका सचिव SK PRAJAPATI ले गर्नु भएको थियो ।