२०८१ बैशाख २५ , मंगलबार

स्मार्टफोन बजारमा फोल्डेबल फोनको माग बढ्दै

सुनाखरी न्युज / काठमाडौं – फोल्डेबल स्मार्टफोन आज स्मार्टफोनको संसारमा नयाँ प्रविधि हो। फोल्डेबल स्मार्टफोनको नयाँ लुक र डिजाइनले सामान्यतया धेरैलाई आकर्षित गर्छ।यी स्मार्टफोनहरूमा, मानिसहरूले धेरै यस्ता सुविधाहरू पाउँछन्, जुन कुनै पनि साधारण स्मार्टफोनमा हुँदैन, जस्तै ठूलो स्क्रिन र सानो आकारमा फोल्ड गर्ने क्षमता आदि। तर कसैलाई यी सुविधाहरू आवश्यक नपर्ने पनि हुनसक्दछ। यस्तो अवस्थामा फोल्ड गर्न मिल्ने स्मार्टफोन किन्ने कि नकिन्ने भन्ने निर्णय गर्दा केही कुरालाई ध्यान दिनु आवश्यक छ।

 

सबै ब्रान्डले फोल्डेबल फोनलाई आफ्नो फ्ल्यागशिप फोनको रुपमा सार्वजनिक गर्ने गरेका छन् । फ्ल्यागशिप भन्ने बित्तिकै स्मार्टफोनको मूल्य पनि बढी हुने गर्छ । तर किन फोल्डेबल फोनहरू यति महँगा हुन्छन् त फोल्ड गर्न मिल्ने स्मार्टफोनहरु किन्नका लागि त स्वभाविकरुपमा महंगा हुन्छन नै त्यस्ता फोनहरु मर्मत गर्न समेत महंगो हुन्छन्। यसको डिजाइन र संरचनागत प्रकृति तथा सिमित उत्पादनका कारण आफ्टर सेल्स सर्भिस वा मर्मतको सेवा महंगो र समयमा उपलब्ध नहुनसक्ने संभावना रहन्छ।साथै फोनलाई बलियो, धुलोले असर नगर्ने, पानीले असर नगर्ने लगायतका फिचर दिनको लागि पनि लगानी थप गर्नुपर्ने हुन्छ । फोल्डेबल फोनको लागि आवश्यक फोल्डिङ डिस्प्ले र त्यसको सुरक्षाका लागि नै बढी लगानी गर्नुपर्ने भएकोले यो फोनको मूल्य पनि बढ्न गएको हो ।

 

फोल्डेबल फोन महँगो हुनुको पहिलो कारण नै यसो फ्लेक्जिबल र फोल्डेबल स्क्रिन हो, जुन निर्माण हुने सामग्री नै महँगो हुन्छ । फ्लेक्जिबल डिस्प्ले बनाउनका लागि अन्य सामान्य डिस्प्लेको लागि भन्दा बढी मेहनत लाग्ने गर्छ ।