२०८१ बैशाख २४ , सोमवार

दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिएकी छन ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटी रहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनेगरी यसका सेवा प्रदायक संस्थाहरुलाई काम गर्न सचेत गराएकी हुन । मन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामक निकायको रुपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराइन ।

 

मन्त्री शर्माले सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिवद्ध रहेको बताइन । दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउने काममा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय लाग्नुपर्ने उनको भनाइ छ । नेपाल टेलिकमले भारत, चीनलगायतका छिमेकी मुलुकहरुबाट सिकेर पनि यस क्षेत्रको विकासमा काम गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।