२०८१ बैशाख ११ , मंगलबार

आइएमई-पेको सेन्ड मनी फिचरबाट पैसा पठाउँदा शुल्क नलाग्ने

सुनाखरी न्युज/ काठमाडौं । आइएमई-पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शुल्क नलाग्ने भएको छ।

 

उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई-पे रूचाइएको कम्पनीले बताएको छ। आइएमई-पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक हो।

 

कम्पनीले आईएमई पे ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ। यसको मद्दतले सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन्।