२०८० चैत्र १६ , शुक्रवार

ट्विटरका कर्मचारीलाई शेयर उपहार

सुनाखरी न्युज/ काठमाडौं विश्वकै धनाढ्य एलन मस्कले सोमबार बिहान आफ्ना बाँकी कर्मचारीहरूलाई इमेल गर्दै मार्च २४ मा उनीहरुले राम्रो बजार मूल्य भएका शेयर उपहार प्राप्त गर्ने भनेको दि भर्जले एक कागजपत्रलाई उद्धृत गर्दै लेखेको छ। गत साता पछिल्लो पटक करिब २०० कर्मचारीहरुलाई हटाएपछि मस्कले यस्तो घोषणा गरेका हुन्।

 

‘गत हप्ता हामीले सम्पूर्ण कम्पनीबाट जम्मा गर्न सक्ने प्रतिक्रिया प्रयोग गरेर भविष्यको कार्यान्वयन सुधार गर्नमा केन्द्रित एउटा कठिन संगठनात्मक सुधार पूरा गर्‍यौं,’ मस्कले भर्जले फेला पारेको उक्त मेमोमा लेखेका छन्,’बाँकी रहेकाहरूलाई ओल्लोपल्लो मानिसहरूले उच्च सम्मान गर्छन् ।’ कम्पनीबाट सयौं वफादार समेत भनिएकासहित सयौं कर्मचारीहरुलाई निकालेपछि पहिलो पटक कर्मचारीहरुसँग सञ्चारका रुपमा रहेको मस्कको उक्त छोटो मेमो ‘कार्यसम्पादन पुरस्कार’ भनेर लेखिएको छ।

मस्केले किनेपछि धेरै राउन्डको कर्मचारी कटौती र कर्मचारीहरूलाई अत्यन्त कडा काम गर्न भनेपछि घोषणा गरेको यो शेयर उपहार कसलाई कति दिने भन्नेबारे थप विवरण भने सार्वजनिक गरिएको छैन्। मस्कले ट्विटर किन्दा पेरोलमा रहेका करिब ७ हजार ५०० व्यक्तिको तुलनामा अहिले ट्विटरको हेडकाउन्टमा करिब २ हजार भन्दा कम कर्मचारी रहेको बताइएको छ।