२०८० चैत्र १५ , बिहिवार

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा समस्या

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ ।

सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए ।

‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको हो’ उनले भने ।