२०८० चैत्र १६ , शुक्रवार

‘हाम्रो पे’ मा केवाईसी अप्रुभ हुन ढिला

सुनाखरी न्युज/ काठमाडौं । गत शुक्रबार सार्वजनिक भएकाे डिजिटल वालेट ‘हाम्रो पे’ मा ठूलो सङ्ख्यामा प्रयोगकर्ताले केवाईसी आवेदन दिएकाले अप्रुभ हुन ढिलो हाम्राे पात्राेले जनाएको छ । यदि तपाईँले पनि केवाईसीका लागि आवेदन दिनुभएको छ, तर अकाउन्ट भेरिफाई भएको छैन भने कम्पनीले अर्को विकल्प दिएको छ ।

 

यसअन्तर्गत ‘हाम्रो पे’को फेसबुक पेजमा गई मेसेजमार्फत आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बर पठाउन कम्पनीले अनुराेध गरेकाे छ । यसपछि प्राथमिकतामा राखेर प्रयाेगकर्ताको केवाईसी भेरिफाई गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका एक प्रतिनिधिका अनुसार जुन नम्बर प्रयोग गरेर हाम्रो पे अकाउन्ट खोलिएको छ र केवाईसी आवेदन दिइएको छ सोही नम्बर ‘हाम्रो पे’को फेसबुक पेजको इन्बक्समा पठाएर केवाईसी भेरिफाई गर्न सकिन्छ ।

 

त्यस्तै हाम्रो पात्रोभित्र रहेको ‘हाम्रो पे’को च्याट सेक्सनमा पनि आफ्नो दर्ता गरिएको नम्बर पठाएर केवाईसी भेरिफाई गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल हाम्राे पेका प्रयाेगकर्ता ४५ हजार बढी पुगेका छन् ।