२०८० चैत्र १५ , बिहिवार

सुरु भयो स्टारलिंकको इन्टरनेट सेवा

सुनाखरी न्युज/ काठमाडौं । स्पेसएक्सले आफ्नो स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक फिलिपिन्समा पनि विस्तार गरेको छ । गत वर्ष मात्र कम्पनीले फिलिपिन्समा पनि आफ्नो सेवा सुरु गर्ने घोषणा गरेको थियो ।

 

सोही अनुरुप कम्पनीले मंगलबारबाट स्टारलिंको इन्टरनेट सेवा सुरु गरेको आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल मार्फत जानकारी दिएको छ। स्टारलिंकका अनुसार फिलिपिन्सका ग्राहकले ५० एमबीपीएस देखि २०० एमबीपीएससम्मको सेवा खरिद गर्न सक्नेछन् । यो सेवा जडान गर्नको लागि फिलिपिन्सका प्रयोगकर्ताले सुरुमा नै २९ हजार २३० फिलिपिन्स पेसो (७० हजार रुपैयाँ भन्दा बढी) भुक्तानी गर्नुपर्ने हुन्छ ।

 

इन्टरनेट जडान गरेको पहिलो ३० दिन पछि भने मासिक २ हजार ७०० फिलिपिन्स पेसो (साढे छ हजार रुपैयाँ) भुक्तानी गरेर पनि इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।