२०८१ बैशाख ७ , शुक्रवार

खल्तीबाट सवारी साधनको किस्ता तिर्दा शतप्रतिशत क्याशब्याक जित्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल वालेट खल्तीले ‘ईएमआई डन- १००% रिटर्न’ अफर पुनः ल्याएको छ । यस अफरअन्तर्गत खल्तीमार्फत आफ्नो सवारीको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्याशब्याक (रु. ५००० को अधिकतम सीमाका साथ) प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 

यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार होन्डा र एमएडब्लू इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडमध्ये कुनै एकको ईएमआई भुक्तानी गर्न सक्नेछन् । यो अफर २०८० वैशाख १ गतेसम्म मान्य हुने बताइएको छ, जसमा कुल आठ जनाले शतप्रशित क्याशब्याक जित्न सक्नेछन् ।

खल्तीमा भएको ईएमआई सुविधालाई व्यापक प्रयोगमा ल्याउन साथै डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न यो अफर पुनः उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।