२०८१ बैशाख ८ , शनिवार

डिसहोम जडान अब दुई हजार नौ सय ९९ मै

सुनाखरी न्युज/ काठमाडौं । डिसहोमको नयाँ कनेक्सन अब दुई हजार नौ सय ९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागू गरिएको हो ।

 

डिसहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिसहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता एक जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार यस अफरमार्पत जित्न सकिनेछ ।

 

यस्तै डिसहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ । डिसहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा एक महिना वा एक हजार रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, एक हजारको रिचार्जमा १० प्रतिशत वोनस र दुई हजारको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।