२०८१ बैशाख १२ , बुधवार

डेंगी संक्रमित बढदै, देशभरि ३२ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।
देशभरि अहिले डेंगीको प्रकोप बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ।

तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० ९कूल संक्रमितको झन्डै ७८ प्रतिशत० जनामा संक्रमण देखिएको छ।

बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ। अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ।