२०८१ बैशाख १४ , शुक्रवार

काँग्रेस कामपा–१६ को घरदैलो कार्यक्रम म्हैपीमा, प्रकाशमान सिंहको साथ

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १६ ले घरदैलो अभियानलाई तीव्रता दिएको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि काँग्रेस कामपा वडा नं १६ ले बलाजु म्हैपी क्षेत्रमा घरदैलो कार्यक्रम गरेको हो ।

उक्त घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको समेत उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि काँग्रेसलाई विजय गराउनु आवश्यक भएको बताउनुभयो ।

 

 

यस क्षेत्रको वडा अध्यक्षमा काँग्रेसका तर्फवाट मुकुन्द रिजालले उम्मेद्धारी दिनुभएको छ । यसअघि पनि सफल अध्यक्ष बनेर कामपा वडा नं १६ मा काम गरिसकेका रिजालले दोस्रोकालका लागि पुनः उम्मेद्धारी दिनुभएको हो ।

यस्तै, वडा सदस्यमा देवेद्र पाठक र जितेन्द्र श्रेष्ठ, महिला सदस्यमा आशा शाक्य र दलित महिला सदस्यमा टिका गहतराजले उम्मेद्धारी दिनुभएको छ ।

 

 

काठमाडौँ महानगरपालिका वडा नं १६ मा म्हैपी, नयाँबजार, सोह्खुट्टे, बालाजु लगायतका क्षेत्रहरु पर्दछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फवाट मेयरमा सिर्जना श्रेष्ठ र उपमेयरमा राममेश्व श्रेष्ठ चुनावी मैदानमा रहनुभएको छ ।