२०८० चैत्र १६ , शुक्रवार

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट शुक्रबार  नयाँ मूल्य सूची पाएको छ । निगमले आईओसीसँग तेल किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ । एलपी ग्याँस प्रति सिलिण्डर २७३.३८ रुपैयाँले महँगिएर आएको छ ।

निगमका अनुसार पेट्रोल भने प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको छ । यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जानकारी दिएको छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा पुगेको छ । मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, अन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा हुनेछ ।

चालू आर्थिक वर्ष २०७८-७९ को हालसम्म निगमले करीब  ३२ अर्ब नोक्सानी व्यहोरी सकेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ ।