२०८१ जेठ ४ , शुक्रवार

चैत्र १० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ । विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

 

नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउनेलगायतका काम स्थानीय तहले गर्ने उनले बताए । यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए ।

वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उनले बताए । त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका नामावलीलाई प्रक्रिया पुया{एर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ ।

 

आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।