२०७७ जेठ १८ , आइतवार

लकडाउनपछिको पहिलो सेयर कारोबार, उच्च गिरावट आउन सक्ने !

शेयर

Nepse#

लकडाउनपछिको पहिलो सेयर कारोबार, उच्च गिरावट आउन सक्ने !

सुनाखरी न्युज/ काठमाडौं-

कोरोना भाइरसका कारण बन्द भएको सेयर बजार २ प्रतिशतले बजार घटेपछि बन्द गरिएको छ । लकडाउन अवधिभर बजारमा नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेमा सो दिनको लागि शेयर बजार बन्द गर्ने निर्णय यसअघि भएको थियो ।

यो अबधिमा नेप्से सूचक २५ अंकले घटेर १२२६।१५ विन्दुमा झरेको छ । सोही अनुसार बजार बन्द गरिएको हो । ४९ दिनपछि खुलेको शेयर बजार डेडघन्नामा बन्द भयो । नेपाल स्टक एक्सचेञ्जले दैनिक २ घण्टा शेयर बजार खोल्ने निर्णय गरेको थियो। सोहि अनुसार बैशाख ३० गतेदेखि विहान ११ बजे बजार खुलेको हो ।कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारको सुरु देखि नै ओरालो लागेको बजारमा कारोबार सुरु भएको डेढ घन्टामै बन्द गरियो । नेप्से सूचक २५।३० अंकले घटेर १२२६।१५ बिन्दुमा झरेको छ । १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको कारोबार भएको छ । ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता किनबेच भएको हो ।

Share this news: