२०८१ बैशाख २२ , शनिवार

नेप्सेमा ३.२४ अंकको गिरावट,कारोबार रकम पनि खुम्चियो

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेको छ।यसदिन नेप्से ०.१६ अंकले घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ।बिहीबारको बजारमा दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडमा खुम्चियो ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।

कुल ८८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.१३ प्रतिशत (६२ अंक) बढ्यो । बैंकिङ २, विकास बैंक ७, होटल तथा पर्यटन २१, हाइड्रोपावर ११, उत्पादन ४७, माइक्रोफाइनान्स १४ र अन्य समूह ५ अंक घटे ।

निर्जीवन बीमा २०, ब्यापार ३ र जीवन बीमा समूह ४३ अंक बढे । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ८, स्वाभिमान लघुवित्तको ६.७, बेस्ट फाइनान्सको ६.३, श्रीइन्भेस्टमेन्ट फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।