२०८१ बैशाख २१ , शुक्रवार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।यस दिन नेप्से १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा बन्द भएको छ।आइतबारको बजारमा दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बिहीबार दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रूपैयाँँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १६ करोड रूपैयाँले वृद्धि भएको हो।

समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो । बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार रातो रह्यो ।

ऋण असुली समस्याले बैंकहरूको नाफा १३ प्रतिशत घट्यो, खराब कर्जा बढ्योविकास बैंक ४१, फाइनान्स १०, होटल तथा पर्यटन १५, हाइड्रोपावर २७, जीवन बीमा ४१, उत्पादन १२३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ९६, अन्य १५ र ब्यापार समूह ५ अंक बढे ।