२०८२ फाल्गुन २३ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघले गरायो बैंकर्ष संघको ध्यानाकर्षण, कार्य विधिमा भएको ब्यवस्था अनुसार १०० र २०० ग्रामका सुनका बार ल्याउन र नाका नाकावाट उपलब्ध गराउन आग्रह

treass

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल बैंकर्ष संघको ध्यानाकर्षण गराउँदै सुनचाँदी ब्यवसायीका गुनासालाई तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । महासंघको प्रतिनीधिमण्डलले सुन आयात तथा बिक्री बितरण सम्वन्धी कार्यविधिमा भएको ब्यवस्था अनुरुपका सुविधा ब्यवसायीलाई दिन आग्रह गर्दै संघको ध्यानाकर्षण गराएको हो ।

 

 

महासंघको प्रतिनिधीमण्डलले कार्यविधिमा भएको ब्यवस्था अनुरुप १००, २००, ५०० र १००० ग्राममा बारमा कच्चा सुन उपलब्ध गराइनु पर्ने तथा कार्यविधिमा तोकिएका नाकाहरु वागमति तथा धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, बीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर क्षेत्रबाट अनिवार्यरुपमा र सुलभ दरमा बिक्री वितरण हुने व्यवस्था मिलाउनु पर्ने माग गरेको छ । यस्तै महासंघले गरेका अन्य मागहरुमा बजारको माग र आवश्यकता अनुरुप कार्य विधिमा भएको ब्यवस्था अनुरुप पर्याप्त मात्रामा कच्चा सुनको आपूर्ति गरिनु पर्ने, बैंकहरु मार्फत हुने कार्य प्रकृयालाई सरलिकरण गरिनु पर्ने, एउटा बैंकमा मात्र खाता भए पनि सुन पाउनु पर्ने, १५ दिनभित्र सुन उठाइसक्नु पर्ने ब्यवस्था रहेकोमा १५ दिनको गणना हुँदा कार्य दिनका आधारमा मात्र हुनुपर्ने, १५ दिनको अवधि सकीएपछि पनि महासंघहरुसँगको सल्लाह र सहकार्यका अधारमा सुन वितरण गर्नुपर्ने, बैंक दर विहान १०.१५ बजे नै उपलब्ध गराइनु पर्ने, बैंक अनुसार फरक फरक हुने मुल्यमा एकरुपता ल्याइनु पर्ने लगायतका छन् ।

बैकर्ष संघ र विभिन्न बैंकका टे«जरी विभाग प्रमूखहरु समेत सहेको सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले कार्यविधिमा भएका ब्यवस्था अनुरुप सुविधा नपाएकोले संघको ध्यानाकर्षण गराउनुपरेको बताउनुभयो ।

त्यसक्रममा बैंकर्ष संघका पदाधिकारीहरुले कार्यविधिमा भएको ब्यवस्था अनुरुप सकभर ब्यवसायीका माग पुरागर्न आफूहरुले पहल गर्ने आश्वासन दिए । यस्तै त्यस अवसरमा विभिन्न बैंकका टे«जरी विभाग प्रमूखहरुले ब्यवसायीको माग अनुसार बैंकले के कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा आन्तरिक छलफल गरी केही दिनभित्रैमा आवश्यक निर्णय लिइने बताए । उनीहरुले महासंघले गरेको माग अनुसार १०० र २०० ग्रामका बारमा सुन उपलब्ध गराउँदा प्रतितोला २ सय देखि ३ सय रुपैयाँ सम्म महँगो पर्न सक्ने भन्दै यस बिषयमा आवश्यक गृहकार्य गरी महासंघलाई जानकारी गराउने प्रतिवद्धता जनाए । यस्तै उपत्यका वाहिरका नाकाहरुमा सुन उपलब्ध गराउँन पनि आफूहरु तयार रहेको तर त्यसका लागि केही शुल्क भने लाग्ने बताए । यो शुल्क कहाँका लागि कति लाग्ने भन्ने बिषयमा पनि सिघ्र जानकारी पदने प्रतिवद्धता उनीहरुले जनाएका छन् ।

भेटका क्रममा महासंघका तर्फवाट प्रथम उपाध्यक्ष एवं सुन फिफारिस समितिका संयोजक धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पद्नुहोस्

सुनचाँदीको कारोबारमा लगाइएको २ प्रतिशत विलासिता शुल्क खारेज गर्न सुनचाँदी ब्यवसायी महासंघको आग्रह – सुनाखरी न्युज

 

खरिद विलको आधिकारिकता पुष्टिगर्न सुनचाँदी ब्यवसायीको माग, ब्यवसायिका माग सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी – सुनाखरी न्युज