
सुनाखरी न्युज/ काठमाडौं।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको खरिद विलको आधिकारिकताका सम्वन्धमा राज्यको प्रष्ट धारणा माग गरेको छ । खरिद विलको आधिकारिककताको सम्वन्धमा राज्यले प्रष्ट नीति नवनाउँदा ब्यवसायिले अनावश्यक दुःख पाउन परेको भन्दै महासंघले त्यसको आधिकारीकता प्रष्ट पार्न राज्यसँग आग्रह गरेको हो ।
महासंघले सरकारका विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी उपभोक्तावाट फिर्ताआएका र झिटी गुण्टा अन्तर्गत आएका सुनको खरिदको राज्यले प्रष्ट नीति निर्माण गर्न नसक्दा ब्यवसायिले अनाहकमा दुःख पाएको बताएको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीले खरिद विललाई आधिकारिकता प्रदान नगरिए देशभरका ब्यवसायी बाध्य भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।
सुनचाँदीको कारोबारका क्रममा ब्यवसायीहरुलाई झुटा मुद्धा लगाउने र अनाहकमा दुःख दिने परिपार्टी रहेको भन्दै उहाँले सुनचाँदीको गरगहना फिर्ता आउँदा ब्यवसायिले उपलब्ध गराउने विललाई आधिकारीकता दिइनु पर्ने आवश्यकता औंल्याउनु भयो । यसो नभई सर्वसाधारण ब्यवसायीलाई अनाहकमा दुःख दिने नीति मात्र राज्यले अवलम्वन गरे आम ब्यवसायी चुप लागेर नवस्ने उहाँको भनाई छ ।
ब्यवसायीले ब्यवसाय सञ्चालमा क्रममा सुनचाँदीको गरगहना खदिर गर्ने क्रममा दिने विललाई राज्यले आधिकारिकता नदिई ब्यवसायीलाइ अनाहकमा दुःख दिइको महासंघको भनाई छ । महासंघले यस बिषयमा हालै एक ज्ञापनपत्र बुझाउँदै राज्यको ध्यानाकर्षण समेत गराइसकेको छ ।