२०८३ मंसिर १४ , आइतवार

३ किलो लागुऔषध कोकिनसहित ठमेलबाट दक्षिण कोरियाली र भारतीय नागरिक पक्राउ

photo-4fa1966ce-copy-29112026121118-1000×0

सुनाखरी न्युज/ काठमाडौं ।

लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंमा ३ किलो लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन लि र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वागमारे छन्।

लागूऔषध कारोबार गर्न सक्ने विदेशी नागरिकहरूको आपराधिक गतिविधि सम्बन्धी अनुसन्धानका क्रममा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडमा रहेको एक होटलको कोठाबाट कोरियाली नागरिक लिले आफ्नै साथमा ल्याएको ह्याण्ड ब्यागभित्र फल्स बटम बनाई लुकाएर राखेको ३ किलो कोकिन बरामद गरिएको हो।