२०८३ मंसिर १४ , आइतवार

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

mugling-pokhara road12025-03-11-08-07-23

सुनाखरी न्युज/ काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।

 

यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ ।

पहिरो पन्छाउने कार्यका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।