२०८३ मंसिर ११ , बिहिवार

तोलामा १४ सय रुपैयाँ बढ्यो सुन

Gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विगत लामो समय घटेको सुनको भाउ पछिल्ला दिन केही सम्हालिने संकेत देखिएको छ । यसअघि गत वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ । गत वर्षको माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड छ ।