
सुनाखरी न्युज/ काठमाडौं ।
लक्ष्मी सनराइज बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २५ गतेका लागि आप्नो २६ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश सहितका प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएको छ ।
सभामा सामान्य प्रस्तावका रुपमा २६ औँ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ . व . २०८२/ ०८३ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु ( सहायक कम्पनी समेत ) छलफल गरी स्वीकृत गर्ने, बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आ . व . २०८३ / ०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ० . २६ प्रतिशतका दरले रु . ६,९६,३१,०२५ . ०० ( अक्षरेपि रु छ करोड छयानब्बे लाख एकतिस हजार पच्चिस मात्र ) बराबर नगद लाभांश ( बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्ताबका रुपमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ५ प्रतिशतका दरले रु. १,३३,९०,५८,१७३ . ०० ( अक्षरेपि रु एक अर्ब तेत्तिस करोड नब्बे लाख अन्ठाउन्न हजार एक सय त्रिहत्तर मात्र ) बराबरको बोनस सेयर स्वीकृत गर्ने, उल्लिखित बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र विशेष प्रस्ताव नं . ( १ ) र ( २ ) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन ÷ समायोजन गर्न बैंकको सञ्चालक समिति ( वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी ) लाई अख्तियारी दिने छ ।