
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्न लागेको जनाएको छ ।
प्राधिकरणका अनुसार मंसिर ३ गते बलम्बुरथानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । मंसिर ४ गते धोबीखोलारबत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्मको क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्र, मंसिर ६ गते बलम्बुरथानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्र, मंसिर ७ गते कोटेश्वररइमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा विद्युत् कटौती हुनेछ । साथै मंसिर ८ गते बलम्बुरथानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुन प्रािधकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार मंसिर १० गते धोबीखोलारबत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म, मंसिर ११ गते बलम्बुरथानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि डुङ्गे अड्डासम्म र मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्र, मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म तथा मंसिर १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
