
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वाधार विकास मन्त्रालयले नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र स्वीकृति नलिई बिदामा बसेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरमाथि कारबाही गरेको हो ।
बैठकबाट भएको २२ बुँदे निर्णयमा चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने उल्लेख छ ।
बैठकले अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।