२०८३ मंसिर ३ , बुधवार

सुनको मूल्य एकैदिन तोलामा ६ हजार रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो ।

मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ११० रुपैयाँले घटेर ३३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।