२०८३ मंसिर ३ , बुधवार

गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

arreste4d_zJHKrb4sWA_bpXDg40sgr-768×416

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

मंगलबार भक्तपुरबाट पक्राउ परेका उनीविरुद्ध वैयक्तिगत गोपनियताअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बोगटीले ४९ वर्षीया महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त महिलाले गृहमन्त्री गुरुङ आफ्नो छोरा रहेको बताएकी थिइन् ।