
सुनाखरी न्युज/ काठमाडौं ।
तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको सामान किनेका राम श्रेष्ठले यस १० लाखको उपहार जितेका हुन् ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा . घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।