२०८३ मंसिर ३ , बुधवार

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई हटायो सेवाबाट

purbhadar mantralaya

सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले सातै जना इन्जिनियरहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ।

मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरहरूलाई मन्त्रालयले सेवाबाट हटाएको हो।

पदबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ छन्।

श्रेष्ठ बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

अरू ६ जना पनि कार्यालयमा हाजिर नभएका कारण उनीहरूलाई पदबाट हटाइएको मन्त्रालयले जनाएको छ।