२०८३ मंसिर २ , मंगलबार

नेपाल प्रिमियर लिगमा आज विश्राम

NPL-TU-Ground-OK-1024×416-1-750×416

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग ( एनपीएल )  को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।

शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।

अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर मंगलबार हुनेछ। इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल बुधबार र दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।

पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।