
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रिमियर लिग ( एनपीएल ) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो ।
चितवन प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिसकेको छ ।