
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २२ करोड मूल्य बराबरको सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । ५.५ किलोग्राम लागुऔषध सेतो हेरोइनसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुनसक्ने भन्दै संकित व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनी पक्राउ परेको हुन् । उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ । पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए ।
पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको एसपी रेग्मीले बताए ।उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् । उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलोको बजार मूल्य २२ करोड प्रहरीले बताएको छ ।