२०८३ कार्तिक २१ , शुक्रवार

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ

ktm-1-1536×864

सुनाखरी न्युज/ काठमाडौं ।

सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्किन थालेको छ । वर्षा कम हुनु, हावामा धुलोका कण बढ्नु तथा प्रदूषण नियन्त्रण प्रभावकारी हुन नसक्दा उपत्यकाका विभिन्न क्षेत्रमा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको हो । स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक ( एक्यूआई )  १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजे १२७ मापन भएको छ।

आईक्यूएयरले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा आज बिहान वायु गुणस्तर सूचकांक  ( एक्यूआई )  १११ छ । हिजो काठमाडौंको मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो । आज बिहान सवा ९ बजेसम्म भने मध्यबानेश्वर क्षेत्रमा १२७ एक्यूआई छ ।महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डमा अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा छ ।त्यसैले काठमाडौं महानगरपालिकाले वायु प्रदूषण हुने गतिविधि नगर्न सम्बद्ध सबैलाई अनुरोध समेत गरेको छ ।

सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर थप खस्किने गर्दछ ।वायु गुणस्तर सूचकांक अनुसार हावामा पीएम २ . ५ को मात्रा १०१ देखि १५० सम्म हुनुलाई संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा विशेष गरी स्वासप्रश्वासका बिरामी, वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू जस्ता संवेदनशील समूहका मानिस थप जोखिममा पर्ने जानकारहरू बताउँछन् ।

पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ । पीएम २.५ भन्नालेहावामा रहेका २.५ माइक्रोमिटरभन्दा साना व्यासका ठोस कणलाई बुझिन्छ । यो सबैभन्दा खतरनाक वायु प्रदूषकमध्ये एक हो । यस्ता सूक्ष्म कण नाक र घाँटीको प्राकृतिक अवरोध पार गर्दै फोक्सो अनि रगतमा मिसिने गर्दछन् । त्यसबाट मानिसहरू क्यान्सर जस्ता गम्भिर रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठन  ( डब्लूएचओ ) को मापदण्ड अनुसार पीएम २ . ५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । त्यस्तै, २४ घण्टाको औसत मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने संगठनको मापदण्ड छ ।