२०८३ कार्तिक १७ , सोमवार

बैंकहरूको नाफामा उल्लेख्य बृद्धि, खराब कर्जा भने बढ्यो

Bank

सुनाखरी नयुज/ काठमाडौं ।

बैंकहरूको खुद नाफा बढेको छ । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको हो ।

धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो ।

 

 

चालु आव बैंकहरूको कर्जा असुलीमा सुधार आएका कारण नोक्सानी घटेको माछापुच्छ्रे बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले बताए ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा ध्यानमा राख्दै नीति ल्याउन थालेपछि वित्तीय अवस्थामा सुधार आउन थालेको छ । गत आर्थिक वर्ष पहिलो त्रैमासमा १३ अर्ब १४ करोड खुद नाफा गरेका २० वाणिज्य बैंकले चालु आव असोजसम्म १९ अर्ब १४ करोड खुद नाफा गरेका छन् । यो ४५.५९ प्रतिशत धेरै हो ।