२०८३ कार्तिक १० , सोमवार

कांग्रेसका १५औं महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

nepali-congress-party-office

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।

 

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए ।

निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रण गरेको छ ।

 

१५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन सपथ ग्रहण र पदबहाली गरेका थिए ।