
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पत्नी सविना काफ्ले झण्डै २० घण्टा कोअस्पताल बसाईपछि डिस्चार्ज भएकी छन् ।
त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।