२०८३ आश्विन २१ , बुधवार

पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ

Pashupatinath-Tempal-2-768×464-1

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।  प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई काठमाडौं पठाइएको छ ।

उनीहरुले बनाएको भिडिओमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ ।  घर आएका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको छ ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुस्लिम समुदायका केही व्यक्ति पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको भन्दै परिषद्ले घटनाप्रति आपत्ति जनाएको छ । धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने तथा त्यसको भिडियो बनाएर सार्वजनिक गर्ने कार्य स्वीकार्य नहुने परिषद्को भनाइ छ ।