२०८३ आश्विन २० , मंगलबार

एनआरएनएले सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

nrna

सुनाखरी न्युज/ काठमाडौं ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको राहत अभियानको हालसम्मको प्रगति, प्राप्त सहयोग तथा प्रभावित परिवारसम्म पुऱ्याइएको राहतबारे समीक्षा गर्दै अब दोश्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७ औं बैठकले राहत अभियानलाई अब क्रमशः स्वास्थ्य र शिक्षा क्षेत्रको पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो । साथै, नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका प्राथमिकता र कार्ययोजनाबारे केही हप्ताभित्र निर्णय गर्ने तथा राष्ट्रिय समन्वय परिषद् (ICC) हरूले सङ्कलन गरेको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद् ९क्ष्ऋऋ० मार्फत पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको छ।

मनाङका बाढीपहिरो प्रभावितलाई भोलि राहत सामग्री वितरण गर्ने
गत असोज ८(१२ गतेको भीषण वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित मनाङ जिल्लाका नागरिकलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले भोलि मंगलबार राहत गर्दैछ। मनाङको चामेमा १४ र ताल गाउँमा ५० बाढीपहिरो प्रभावित नागरिकका लागि राहत सामग्री वितरणको तयारी गरिएको हो। उपाध्यक्ष तथा राहत तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा टोलीले भोलि नै प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नेछ। प्रभावित परिवारलाई भान्साको सामग्री, खाद्यान्न सामग्री, त्रिपाल र सोलार लाइट उपलब्ध गराइनेछ।