२०८३ आश्विन १९ , सोमवार

धनुषामा घरमै मृत भेटिन् महिला

crime-scene_9rHJhBfQJW

सुनाखरी न्युज/काठमाडौं ।

धनुषामा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा स्थानीय विनोद दासकी पत्नी २० वर्षीया प्रियंका दास मृत फेला परेकी हुन् ।

मृतक दासका आफन्तका अनुसार आइतबार साँझ प्रियंका आफ्नै सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि उनका श्रीमान् विनोदले पासो खोली मृतकको शवलाई ओछ्यानमा राखेका थिए ।

उक्त घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कपिलेश्वरको टोली सो स्थानमा पुगेर शवलाई सुरक्षा दिएको थियो ।