
सुनाखरी न्युज/ काठमाडौं ।
उपरोक्त विषयमा आरोग्य पर्यटन वर्ष २०२७ लाई थप प्रभावकारी, प्रवद्र्धनात्मक तथा परिणाममुखी बनाउन होटल संघ नेपालले नेपाली मौलिक तथा परम्परागत खानाको संरक्षण, प्रवद्र्धन र पर्यटनसँगको सम्बन्धलाई उजागर गर्ने उद्देश्यले नेपाल पर्यटन, होटल तथा पर्वतारोहण प्रतिष्ठान, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल ( रेबान ) , सेफ्स एसोसिएसन नेपाल तथा अन्य सम्बन्धित सरोकारवालाहरूको समन्वयमा “गुन्द्रुक राष्ट्रिय कार्यशाला–२०८३” आयोजना गर्न लागेको व्यहोरा सादर जानकारी गराउन चाहन्छौं ।
यस महत्वपूर्ण कार्यक्रममा यहाँको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं । साथै, कार्यक्रमलाई थप प्रभावकारी एवं व्यवहारिक बनाउन सहभागीहरूलाई गुन्द्रुकबाट तयार गरिएका विभिन्न मौलिक तथा आधुनिक परिकारहरू पस्किने पनि अनुरोध गर्दछौं ।
कार्यक्रमः
मितिः २०८३ असोज १५ गते, बिहीबार
समयः दिउँसो २ : ०० बजे
स्थानः नेपाल पर्यटन, होटल तथा पर्वतारोहण प्रतिष्ठान, रविभवन, काठमाडौं