२०८३ आश्विन १३ , मंगलबार

कांग्रेसको देउवा समूहमा प्रवेश गरे दीपक मनाङे , बने मनाङ संयाेजक

manange

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ ( दीपक मनाङे )  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा डा.  शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । कोइरालाको सचिवालयका अनुसार मनाङे देउवा समूहमा आबद्ध भएका हुन् ।

मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ।