
सुनाखरी न्युज/ काठमाडौं ।
सडकमा क्षति पुग्दा चीनतर्फका कोरला, केरुङ र तातोपानी नाका अवरुद्ध भएका छन्, जसले दसैंअघि आयात–निर्यात र सीमापार आवागमन ठप्प पारेको छ।
चीनबाट इलेक्ट्रोनिक्स, लत्ताकपडा, मेसिनरी र विद्युतीय सवारीसाधनको आयात प्रभावित हुँदा कन्टेनरहरू रोकिएका छन् र बजारमा अभाव तथा महँगी बढ्ने जोखिम देखिएको छ।
व्यवसायीले अटो बजार र राजस्वमा असर पर्ने बताएका छन् भने आपूर्ति सहज बनाउन सरकारी पहल तथा बजार अनुगमन बढाउनुपर्नेमा जोड दिइएको छ।