
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे ।
भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद दिएका थिए । राजदूत श्रीवास्तवको कार्यकाल यही महिनाको अन्त्यमा सकिँदै छ ।
भारतीय विदेश सेवाबाट समेत अवकाश पाउन लागेका उनी अक्टोबरमा नयाँदिल्ली फर्किनेछन् । उनको स्थानमा बुधबारदेखि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन राकेश पाण्डेले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।