२०८३ आश्विन १२ , सोमवार

सुनको भाउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो, कतिमा हुँदैछ किनबेच ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।

यसदिन तोलामा पाँच हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

 

यसदिन तोलामा चार हजार पाँच सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।