
सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ ।सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपी मिश्रले बताए ।
जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो।