
सुनाखरी न्युज/ काठमाडौं ।
बाढि आएको २१ दिन पछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको क्रममा करिब आधा घण्टा अघि २ वटा शव फेला परेका हुन् ।
उनले उक्त सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको बताए ।
गत १० भदौमा आएको विनाशनकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धारको काम भइरहेको छ ।