
सुनाखरी न्युज / काठमाडौं ।
पशुपतिनाथ मन्दिरका चारै ढोका हरितालिका तीजमा भोलि बिहान ३ बजेदेखि खुल्ने भएका छन् ।
यस वर्ष भदौ २९ गते ९भोलि० परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ ।
मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।
ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।