२०८३ भदौ २२ , सोमवार

जलविद्युत् आयोजनामा फसेका आफन्तजनको खोजी गरिदिन माइतीघर मण्डलामा प्रदर्शन

protest-badhi-(1_20260907114922

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।बाढी आएको १३ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाहरूमा कार्यरत कर्मचारी तथा स्थानीय अझै बेपत्ता रहेकाले खोजी कार्यलाई तीव्रता दिन उनीहरूले सरकारसँग माग गरेका हुन्।

दर्शनमा उत्रिएका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। आफन्तको खोजी कहिलेसम्मरुू भन्दै उनीहरूले राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गरे ।

लामो समयदेखि पर्खाइमा रहेका परिवारले बेपत्ताको यथार्थ जानकारी सार्वजनिक गर्न र खोजी कार्यलाई तीव्रता दिन दबाब स्वरूप यो प्रदर्शन गरेका हुन् ।यसैबीच, उक्त विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले सोमबार देशभर राष्ट्रिय शोक दिवस मनाएको छ।